![]()
बारा । नेपाली कांग्रेसका दुइ प्रतिभावान युवा नेताहरुले पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुलेश प्रशंसा गरेका छन ।
चुनाव प्रचार प्रसारकोक्रममा बारा पुगेका बेला अध्यक्ष दाहाल र कांग्रेस नेताहरुबीच बाराको सिमरा बिमानस्थलमा भेट भएको हो । त्यसक्रममा काँग्रेस नेता रामहरी खतिवडा र चन्द्र भण्डारीको दाहालसंग भेट भएको हो । तीनै जना काठमाडौं फर्कन विमानस्थलमा रहेकाबेला उनीहरुबीच अन्तरंग कुराकानी पनि भएको थियो ।
अनौपचारिक कुराकानीकै सन्दर्भमा काँग्रेस नेता भण्डारीले प्रचण्डलाई वीपी कोइरालापछिको नेताका रुपमा चित्रण गरे । संविधान बनाउने र कार्यन्वयनमा प्रचण्डले खेलेको भूमिका महत्वपूर्ण भएको उनले बताए । भन्डारीको भनाइलाई खतिवडाले पनि समर्थन गरे ।
युद्धको पृष्ठभूमि भएको पार्टी लोकतान्त्रिक भएकोमा भण्डारी र खतिवडा दुवैले हर्ष प्रकट गरेका थिए । उनीहरुले संविधान बनाउने र कार्यन्वयन गर्ने कुरा प्रचण्डका लागि ठूलो कुरा भएकाले आगामी दिनमा अझै सकारात्मक रुपमा अघि बढन शुभकामना पनि दिए ।
जवाफमा अध्यक्ष दाहालले तीन तहकै चुनाव सम्पन्न हुन लागेकोमा आफु निकै खुसी भएको बताएका थिए । उनले मधेशमा चुनावको उभार हुँदा साह्ै खुसी लागेको बताए ।


