Breaking News.... EverestOnlineKhabar
June 6, 2026

मधेशमा माग सम्बोधन गर्न आफनो पार्टी सरकारमा गएको राणाको प्रष्टोक्ति

Loading

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा गएको स्पष्ट पार्नुभएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले मधेश आन्दोलनले उब्जाएका माग सम्बोधनका लागि पार्टीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । राणाले भन्नुभयो ,‘मधेशको माग सम्बोधन हुनुपर्छ, मधेशका जायज आवाजहरु दबाउनु हुँदैन, मधेशका माग सम्बोधन नगरे मुलुकमा स्थायित्व, समृद्धि र विकास सम्भव हुँदैन ।’

अध्यक्ष राणाले पार्टी एकीकरणपछि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नराम्रो चोट खानु परेकाले अब त्यो घाउ मेटने गरी अघि बढन लागेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed