![]()
धनुषा । नेपाली कांग्रेसका नेता एवम् पूर्व उप्रधानमन्त्री विमलेन्द्र निधि जनकपुरमा चुनाव प्रचार अभियानकाक्रममा बेहोस भएका छन ।
जनकपुरमा विहीबार आयाजित रोड शोको अगुवाई गर्दै गर्दा अचानक निधि बेहोस भएका हुन । अत्यधिक गर्मी र भिडभाडका कारण निधिको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।
उच्च रक्तचाप र मधुमेहका बिरामी निधिलाई गर्मीका कारण असहज भएर चक्कर आएको थियो । उनलाई कार्यकर्ताहरुले सम्हालेका थिए । उनलाई तत्कालै जनकपुर अञ्चल अस्पताल लगिएको थियो ।
अस्पतालमा करिब एक घण्टासम्म स्वास्थ्य उपचार गरेपछि चिकित्सकले अवस्था सामान्य भएको भन्दै आराम गर्न सुझाव दिएका छन ।


