![]()
एजेन्सी । विश्व फुटबल महासंघ (फिफा)को विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको वरियताअनुसार नेपाल ६ स्थान तल झर्दै १८१ औं स्थानमा पुगेको छ । नेपाल अघिल्लो महिना १७५ औं स्थानमा रहेको थियो ।
नेपाल एएफसी एसियन कप छनोट अन्तर्गत गत हप्तामात्र ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । जसको कारण नेपालको वरियता खस्किएको हो ।
फिफाको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा चौथो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र भुटान छन् ।
फिफाको नयाँ वरियताको शीर्षस्थानमा जर्मनी रहेको छ । जर्मनीले ब्राजिललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो र बेल्जियम पाँचांै स्थानमा छन् ।


