![]()
एजेन्सी । एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लिग चरणका तीनवटै खेलमा नेपालले शानदार जित हासिल गरेको छ । आफनो तेस्रो खेलमा बिहीबार सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल आफनो समूहमा पहिलो बनेको थियो ।
समूह बिजेताहुँदै सेमिफाइनलमा पुगेको नेपालले अब फाइनल प्रवेशकाल लागि सेमिफाइनलमा मलेसियासँग खेल्ने भएको छ । नेपाल समूह ए को बिजेता तथा आयोजक मलेसिया समूह बी को उपबिजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । समूह ए को उपबिजेता सिंगापुरले समूह बी को बिजेता हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
हङकङ तीन खेल जित्दै समूह बिजेता बनेको हो भने उपबिजेता बनेको मलेसियाले २ खेल मात्र जितेको थियो । सेमिफाइनलमा बिजयी हुने दुई टिम आगामी नोभेम्बरमा मलेसियामै हुने यू १९ एसिया कपको लागि छनोट हुनेछन ।
यस्तै वेस्टर्न रिजनबाट पनि फाइनल पुग्ने दुई टिम एसिया कपको लागि छनोट हुनेछन । यी चार टिमसँगै एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंकाको युवा टोलीले प्रतियोगिता खेल्नेछन् ।


