![]()
काठमाडौं । अशोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सबै दलका शीर्ष नेता तराईमा रहेकाबेला एमाले अध्यक्ष केपी शर्मा ओली भने काठमाडौंमै हुनुहुन्छ । एमालेको मेची महाकाली अभियानकाक्रममा तराईमा निकै सक्रिय रहुन भएका अध्यक्ष ओली प्रदेश नम्बर २ को निर्वाचनका लागि भने अहिलेसम्म तराई जानु भएको छैन । आफनै पार्टीका नेताहरु तराई अभियानमा व्यस्त रहेकाबेला अध्ययक्ष ओली चाहिं किन काठमाडौंमै बस्नु भयो त ?
एमाले अध्यक्ष केपी ओलीलाई तराई मधेशमा मधेश बिरोध भनेर चित्रित गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) मात्र नभइ अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि समग्र एमाले पार्टी र अध्यक्ष ओलीलाई मधेश बिरोधीका रुपमा प्रचार गरिरहेका छन । नाकाबन्दी र संविधान संशोधनका विषयमा अध्यक्ष ओलीले कडा नीति लिदै सोही प्रकारका कडा टिप्पणी गरेपछि एमालेलाई मधेश बिरोधी पार्टीका रुपमा प्रचार गर्न थालिएको हो । एमालेले भने आफू मधेश बिरोधी नभई मुलुक बिखण्डन गर्न खोज्नेहरुको बिरुद्धमा रहेको बताउँदै आएको छ । अन्य एमाले नेता भन्दा अध्यक्ष ओली मधेशप्रति अनुदार र असहिष्णु रहेको बताउने गरिएको छ । यस्तोबेला ओली मधेशमा सक्रिय हुँदा हिंसा भड्किने र अन्ततः त्यसले चुनावलाई नै अशर गर्ने बिश्लेषण गरिएको छ । प्रदेश नम्बर २ मा मौन अवधि सुरु हुने समय आइसक्दा समेत ओली मधेश नझर्नुको प्रमुख कारण यही हो ।
तर, अन्ततः अध्यक्ष ओली अन्ततः २ नं प्रदेशको चुनावमा भोट माग्न महोत्तरीको बर्दिबास जाने हुनुभएको छ । उहाँले बर्दिवासबाटै प्रदेश २ का आठवटै जिल्लाका लागि शुक्रवार मत माग्नु हुने छ ।
ओलीले शुक्रबारै बर्दिवासमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बर्दिबास नगरपालिकामा एमालेका तर्फबाट सुरेशबहादुर रावत मेयरका उम्मेदवार बनेका छन् । राउत नायिका बर्षा राउतका बुबा हुन् ।


