![]()
काठमाडौं । नेपाली कांग्रेस एमालेमाथि आक्रामक रुपमा प्रस्तुत भएको छ । प्रदेश नम्बर २ को निर्वाचन प्रचार अभियानमा आक्रामकरुपमा लागेको नेपाली कांग्रेस एमालेमाथि खनिएको हो ।
जनकपुरमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले एमाले संघीयता र गणतन्त्र बिरोधी भएको आरोप लगाए । उनीहरुले एमालेलाई जसरीपनि २ नम्बर प्रदेशमा पराजित गर्न र संघीयता बचाउन मतदातालाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले भने, ‘एमाले संघीयता विरोधी भएकै कारण संविधान संशोधनको विपक्षमा उभिएको हो, मधेसका जनतालाई अधिकार दिन विरोध गर्नु भनेको संघीयता र गणतन्त्र नचाहनु हो ।’
कार्यक्रममा नेता विमलेन्द्र निधिले एमालेका केही नेताले चीनमा गएर संघीयता चाँहिदैन हटाइ दिनुपर्यो भनेर गुहार मागेको प्रमाण आफुसँग भएको दावी गरे । एमालेमाथि निकै आक्रोश पोखेका निधिले एमालेले पुर्व राजासँग मिलेर गणतन्त्र समाप्त पार्न खोजेको आरोप लगाए ।
कार्यक्रममा नेताहरु रामचन्द्र पौडेल, सीतादेवी यादव, शशांक कोइराला लगायतले कांग्रेसले मात्रै गणतन्त्र र संघीयताको रक्षा गर्नसक्ने धारणा राखेका थिए ।


