Breaking News.... EverestOnlineKhabar
June 6, 2026

ललितपुरमा प्रताप दासको क्रेज,प्रतापलाई हेर्न ललितपुर नै उर्लियो

Loading

ललितपुर । नेपाल आइडल आयोजकले टप थ्रीमा पुगेका तीन प्रतिष्पर्धीलाई आ–आफनो गृह जिल्ला जान अनुमति दिएपछि अहिले निशान भट्टराई, बुद्ध लामा र प्रताप दास आ–आफनो जिल्लामा सेलिब्रेटी बनेका छन । तीनै जनालाई उनीहरुको गृह जिल्लामा भव्य स्वागत भैरहेको छ ।

यसैक्रममा बुधबार ललितपुर घर भएका प्रताप दासले लगनखेलमा फ्यानहरु माझ गीत गाए । दौरासुरुवाल र ढाकाटोपीमा सजिएका प्रताप दासले विभिन्न गीत गाउँदा फ्यानहरु रमाएका थिए । उनलाई हेर्न ललितपुरका युवा युवती मात्र नभई बृद्धबृद्धाको समेत घुँइचो लागेको थियो ।

टप थ्रीमा रहेका बुद्ध लामा पोखरा र निशान भट्टराई मोरङ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed