Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

बिबिसि । म्यानमारकी नेतृ आङ सान सूची न्यू योर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने भएकी छन । म्यानमारमा तीन लाख भन्दा बढी रोहिंज्याहरु देश छोडेर भाग्नुपर्ने गरी ठूलो हिंसा मच्चिइरहेका बेला सूचीको यो निर्णय बाहिर आएको हो ।

सूचीले हिंसाविरुद्ध बोल्न नसकेको आरोप पश्चिममा रहेका उनका समर्थकहरुबाट खेपिरहेकीछिन । आलोचकहरुले सूचीलाई दिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने माग गरिरहेका छन ।

सूचीका प्रवक्ताले भने सूची आलोचनाबाट नडराएको दावी गरेका छन । सूची अरु नै महत्वपूर्ण काममा व्यस्त भएको उनले बताए । सूचीले गत वर्ष राष्ट्र संघलाई सम्बोधन गरेकी थिइन् ।

राष्ट्र संघले म्यानमार सरकारले रखाइन राज्यमा जातीय सफाया गरिरहेको आरोप लगाएको छ । तर राष्ट्र संघका लागि म्यानमारका राजदूतले रखाइन राज्यको हिंसाका लागि रोहिंज्या विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।

बौद्धमार्गी बहुल रखाइन राज्यमा रहेका राज्य बिहीन रोहिंज्या मुस्लिमहरुले लामो समयदेखि समस्या भोग्दै आएका छन् । म्यानमारले रोहिंज्याहरुलाई गैर कानुनी आप्रवासी भन्ने गरेको छ ।

बुधबार बस्ने राष्ट्र संघीय सुरक्षा परिषदको बैठकमा रोहिंज्याबारे छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed