Breaking News.... EverestOnlineKhabar
June 6, 2026

चार पार्टीको प्रचार सामाग्री छाप्दै गरेको मिथिला अफसेट प्रेसमा प्रहरीद्वारा छापा

Loading

धनुषा,२७ भदौ ।
जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।
टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार कुट्टीमा रहेको उक्त प्रेसमा प्रहरीले छापा मारी हजारौँ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
मिथिला अफसेट प्रेसमा सो टोपी र टिसर्टमा निर्वाचन आचारसंहिता विपरीत नारा लेखिँदै थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ठूलो पाँच पोका त्यस्ता किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा बरामद भएको छ ।
तीनसय टिसर्ट, त्यत्तिकै टोपी र केही प्रेसका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपी नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राजपाको रहेको बताइएको छ ।
निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा कार्य भइरहेको भन्दै चारैतिर आलोचना भएपछि प्रहरीले सोमबारदेखि सक्रियता बढाएको छ । जनकपुरमा ठूलो ब्यानर पनि टाँग्न दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed