Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

काठमाडौ,२७ भदौ ।
नेपालीहरुको महान चाड बडा दशैंका लागि घर जाने यात्रुहरुले आजदेखि अग्रीम टिकट बुकिङ गर्न पाउने भएका छन् । दशैँमा घर फर्कन चाहने यात्रुले नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकीलगायतका स्थानबाट आजदेखि बसको टिकट लिन सकिने यातायात व्यवसायीहरुले बताएका छन् ।
काठमाडौं उपत्यकाबाट दशैँ मानाउन करिव २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ । यात्रु नठगिउन भनेर सरकारले ट्राफिक प्रहरीसँग सहकार्य गरी नियमित अनुगन गर्ने जनाएको छ ।
सरकारले यसअघि भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरे पनि विभिन्न माग तेस्र्याएर व्यवसायीले बुकिङ खोलेका थिएनन् । गत शनिबार यातायातमन्त्री वीरबहादुर बलायरसँग भएको वार्ता सहमतिमा पुगेपछि यातायात व्यावासायी आजबाट अग्रिम टिकट बुकिङ खोल्न राजी भएका हुन् ।
मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed