Breaking News.... EverestOnlineKhabar
June 5, 2026

रोहिंज्यामाथिको हमला जातीय सफाया : राष्ट्रसंघ

Loading

बिबिसि । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदसमक्ष बोल्दै राष्ट्रसंघका मानव अधिकार प्रमुख जेइद राद अल हुसेनले म्यानमारमा मुसलमान रोहिंज्यामाथि भएका हमला जातीय सफाया जस्तै भएको बताएका छन् ।

राष्ट्रसंघका अनुसन्धानकर्ताहरुलाई उक्त क्षेत्रमा जान रोकिएकोले त्यहाँको वास्तविक अवस्थाबारे यथार्थ तथ्य बताउन नसकिने उनले बताए । त्यहाँको स्थिति जातीय सफाया झैं देखिएको उनको भनाइ थियो । यसअघि दलाई लामाले रोहिंज्या मुसलमानहरुको बहिर्गमनबारे बोल्दै तिनलाई बुद्धले मद्दत गर्ने थिए भन्ने टिप्पणी गरेका थिए ।

विगतमा उनले म्यानमारकी नेतृ आङ्ग सान सूचीलाई रोहिंज्याविरुद्धको निरन्तर हिंसा रोक्न कदम चाल्न आह्वान गरेका थिए । गत महिनाको अन्त्यतिर शुरु भएको हिंसाका घटना यता हालसम्म करिब ३ लाख रोहिंज्या शरणार्थी भागेर छिमेकी बांग्लादेश पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed