Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौं । निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लंघन भएको ठहर गरेको छ । आयोगले सोमबार बिज्ञप्ती जारी गर्दै मन्त्रिपरिषद् बिस्तारले चुनावको निष्पक्षतामा असर गर्न सक्ने चिन्ता व्यक्त गरेको छ । आयोगले यस्ता कार्य नगर्न नगराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै सोमबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । यो आचार संहिता विपरित भएको भन्दै प्रमुख विपक्षी एमाले र राप्रपासहितका दलले बिरोध गर्दै आएका छन ।

प्रदेश र संसदको चुनावका लागि भदौ १४ बाट आचारसंहिता लागू भएको र सातबुँदे निर्देशन दिइसकेको स्मरण गराउँदै आयोगले पछिल्लो मन्त्रिपरिषद् विस्तार त्यस विपरित भएको ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed