![]()
एजेन्सी । माइक्रोब्लगिङ साइट ट्वीटरले मोबाइल एपमार्फत नै ट्वीटर अकाउन्ट शेयर गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।
अब ट्वीटरको मोबाइल एपबाटै प्रयोगकर्ताले पासवर्ड शेयर नगरिकनै ट्वीटर अकाउन्टमा पहुँचको साझेदारी गर्न सक्नेछन् । यो फिचरलाई ट्वीटर डेक टिम्स भनिन्छ । योसँगै एउटै मोबाइल एपमार्फत धेरैवटा ट्वीटर अकाउन्ट खोल्न सहज भएको छ र यसले खासगरी बिजनेस र ब्राण्डहरुका ट्वीटर अकाउन्ट चलाउनेहरुलाई एउटै एपबाटै विभिन्न अकाउन्टमा अपडेट पोष्ट गर्न, रिप्लाई हेर्न, डिएम गर्न लगायतमा सहज हुनेछ ।
यो प्रविधि पासवर्ड शेयर नगरिकनै अन्य अकाउन्टहरु एक्सेस गर्ने सहज तरिका हो । ट्वीटर एपको भित्रै यो फिचर प्रयोग गर्न सकिने छ ।
योसँगै अब मोबाइल एपबाटै ट्वीटरका धेरै अकाउन्ट प्रयोग गर्न सकिनेछ । यसअघि केवल एडमिनले मात्रै ट्वीटडेक टिमको प्रयोग गर्न सकिने सुविधा थियो ।


