Breaking News.... EverestOnlineKhabar
June 5, 2026

भूटानी शरणार्थीलाई स्वदेश फर्काउन माग

Loading

झापा । बिभिन्न समाजिक संघसंस्थाले झापा र मोरङमा बिगत २६ बर्षदेखि बस्दै आएका भूटानी शरणार्थीलाई घर फर्काउन माग गरेका छन । झापाको दमक र मोरङको पथरीशनिश्चरेमा बस्दै आएका भूटानी शरणार्थीलाई फिर्ता पठाउन स्वदेश फिर्ती समिति र भुटान स्वतन्त्र जनमञ्चले माग गरेका हुन । उनीहरुले नेपाल सरकारसहित शरणार्थीसंग सम्बन्धित दातृ निकायसंग स्वादेश फिर्तीको मागलाई प्राथमिकता दिन आग्रह गरेका हुन् । उनीहरुले स्वदेश फिर्तीसंगै भुटानी शरणार्थीको दिगो समाधान खोज्न पनि ढिलाई नगर्न आग्रह गरेका हुन ।

दुवै संगठनले सोमबार संयुक्त विज्ञप्ति निकाली भुटानी शरणार्थीलाई स्थानीय क्षेत्रमा नै स्थानीयकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन । स्वेदश फिर्ती समितिका अध्यक्ष डाक्टर भम्पा राई र जनमञ्चका उपाध्यक्ष हर्कजङ्ग सुब्बाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘भुटानी शरणार्थी स्वदेशका पक्षधर जति छन् ती सबै आफ्नै घर फर्कन चाहन्छन । ’

भुटानी शरणार्थीको अबको गन्तव्य भनेको जतिसक्दो छिटो स्वदेश फिर्ती नै भएकोमा बिज्ञप्तमिा जोड दिइएको छ । भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराउनमात्र खोजिएको तर, स्वदेश फर्कन चाहनेहरुको आवाज नसुनेको उनीहरुको गुनासो छ ।

झापा र मोरङमा करिब १० हजारको संख्यामा शरणार्थी बाँकी छन् । शिविरमा रहेका करिब १६ सय शरणार्थीले विभिन्न कारणले परिचय पत्रसमेत पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed