![]()
काठमाडौँं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका मन्त्रीहरु थप्दै मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा राप्रपाका दीपक बोहरा, विक्रम पाण्डे र सुनिलबहादुर थापाले राष्ट्रपति बिद्या भण्डारीबाट सपथ लिएका हुन ।
मन्त्री बोहोराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यस्तै, उद्योग राज्यमन्त्री रेशम लामालाई प्रधानमन्त्रीको कार्यलयमा सपथ खुवाइएको छ ।
राप्रपा प्रजतान्त्रिकका चार मन्त्रीले सपथ लिएसंगै राप्रपा प्रजातान्त्रिकमा पुनः असन्तुष्ट चुलिएको छ । अध्यक्ष पशुपतिशम्शेर राणाको छनोट निष्पक्ष र समावेशी हुन नसकेको भन्दै केही सांसद असन्तुष्ट देखिएका छन । उनीहरुले अध्यक्ष राणा निवास महाराजगंज पुगी असन्तुष्टि व्यक्त गरिसकेका छन ।


