![]()
काठमाडौं । नेकपा एमालेले हाल कायम रहेका गाउँ, नगर तथा क्षेत्रीय कमिटी विघटन गरेको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार संगठन निर्माण गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकको निर्णअनुसार अब एमालेको १६५ सदस्यीय प्रतिनिधिसभा कमिटी बन्नेछ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक जना संयोजक रहने गरी १६५ सदस्य रहने कमिटी गठन हुने जनाइएको छ । प्रतिनिधिसभा कमिटीमा हाल क्षेत्रीय कमिटीमा रहेकाहरु स्वतः प्रतिनिधिसभा समिति सदस्य बन्नेछन् ।
यस्तै, ३३० सदस्यीय प्रदेश सभा कमिटी पनि बनाइने छ । जसमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर एक संयोजक रहने गरी कमिटी बनाइनेछ । हालको गाउँ तथा नगर समितिमा रहेकाहरु स्वतः यो कमिटीमा रहने बताइएको छ ।


