Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

वीरगञ्ज,२६ भदौ ।
प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरु २ नम्बर
प्रदेश झरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल चितवन हुँदै बारा पर्सा र रौतहटका कार्यक्रम भ्याएर पूर्वी तराईतर्फ लागेका छन् । शनिबार साँझ गढीमाई पुगेका अध्यक्ष दाहाल शनिबार बिहान रौतहटको चन्द्रनिगाहपुरमा नेताकार्यकर्ता भेटघाटमा व्यस्त भए ।
लाजिम्पाट श्रोतले भन्योः‘अध्यक्षज्यू केही दिन अझै २ नम्बर प्रदेशमा नै रहनु हुनेछ, चुनावी प्रचारप्रसार र पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाउनुहुनेछ ।’ स्रोतका अनुसार कम्तीमा भदौ महिनाभरि अध्यक्ष दाहाल सो प्रदेशमै रहनेछन्।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ भने चुनाव अवधिभर सर्लाहीमा रहनेछन् । उक्त जिल्लाबाट विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष रामेश्वर राय र पूर्वसांसद शिवपुजन राय प्रवेश गरेपछि सो जिल्लाका स्थानीयत तहमा चुनाव जित्नेमा माओवादी आशावादी भएको छ । राजपा अध्यक्ष मण्डलका तीन सदस्य क्रमशः महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादवको गृहजिल्ला भएकाले पनि सो जिल्लामा मधेस केन्द्रित दलको पकड भत्काउने उद्देश्य माओवादीको छ।
धनुषामा नेता रामबहादुर थापा, रामचन्द्र झा र श्रवण यादव खटिएकाले केही स्थानमा विजयी हासिल गर्न सक्ने माओवादी आँकलन छ । कम्तीमा ५ स्थानीय तह जित्ने उद्देश्यसहित माओवादी नेता खटिनुभएको छ, सहिद नगरनगरपालिका मेयर उम्मेदवार उदय बरबरिया यादवले भने । उनका अनुसार जनकपुर उपमहानगरपालिकाबाहेक अन्य स्थानमा माओवादीले बढी नै प्रभाव पार्नेछ।
सहरी विकासमन्त्री प्रभु साह गृहजिल्ला रौतहटमा खटिएका छन् । गौर नगरपालिकाबाहेक अन्यत्र उम्मेदवार उठाएको माओवादी केन्द्रले चन्द्रपुर, कटहरिया र मौलापुरलगायतका स्थानीय तह जित्ने दाउमा छ ।
पर्सामा स्थायी समिति सदस्य उर्मिला अर्याल खटिएकी छन् । सप्तरीमा चक्रपाणि खनाल खटिएका छन् भने सिरहामा विश्वनाथ साह र महेन्द्र पासवानलगायतका नेता चुनावको नतिजा पार्टीको पक्षमा लाग्न खटिएका छन् । सप्तरीका सांसद अशोककुमार मण्डलले ९ नगरपालिका र ९ गाउँपालिका रहेको सो जिल्लामा आधाभन्दा बढी स्थानीय तहमा माओवादीले चुनाव जित्ने दाबी गरे।
नयाँ विकसित सहर बर्दिबास नगरपालिकामा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल खटिएका छन् । बिरामी भए पनि महोत्तरीमा माओवादीलाई जिताउन पोखरेलसहित भरत साहलगायतका शीर्ष नेता लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed