![]()
काठमाडौं । निर्माता छविराज ओझाले अशोज ११ गते प्रदर्शनको घोषणा गरेको ‘मंगलम’ अब फागुन ४ मा मात्रै प्रदर्शन हुने भएको छ । अशोज ११ गते दिपकराज गिरीको छक्कापञ्जा २ सार्वजनिक हुने भएपछि निर्माता छविले आफनो पूर्व निर्धारित तालिका बदलेका हुन ।
फिल्म वितरणको जिम्मा लिएको एफडि कम्पनी, काठमाडौंका वितरक गोपाल कायस्थ र ‘छक्का पञ्जा २’ का निर्माता दिपकराज गिरीसँगको लामो छलफपछि ओझा असोज ११ बाट पछि हट्न राजी भएका हुन् ।
‘मंगलम’ सरेसँगै असोज ११ गते फिल्म ‘छक्का पञ्जा २’ सोलो रिलिज हुने भएको छ ।


