Breaking News.... EverestOnlineKhabar
June 5, 2026

भारतको अपोलो अस्पतालले भारतीय र नेपालीलाई एउटै शुल्कमा उपचार गर्ने

Loading

एजेन्सी । भारतको अपोलो अस्पतालले नेपालीलाई पनि भारतीय बिरामीबाट लिने शुल्कै मै उपचार गर्ने घोषणा गरेको छ । अस्पतालका चिफ अप्रेटिङ अफिसर गगन सेहगलले पत्रकार सम्मेलन गरी दुइ देशबीच गहिरो सम्बन्ध रहिआएकाले नेपालीलाई पनि उपचार शुल्कमा एकरुपता ल्याइएको जानकारी दिए । उनले अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सक नेपाल मै आएर नेपाली बिरामीलाई पनि सस्तो र स्तरीय उपचार दिने प्रक्रियामा रहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा सेहगलले भने, ‘रोग लागेर उपचारको अभावमा कुनै नेपालीले पनि ज्यान गुमाउन नपरोस भन्ने चाहना छ ।’
सेहगलका अनुसार नेपाली बिरामीलाई रजिस्ट्रेसन शुल्क पनि मिनाह गरिएको छ । नेपाली बिरामीको सहजताको लागि काठमाडौंको नक्सालमा रहेको अपोलोको सूचना सेन्टरलाई विकास गर्ने योजना रहेको समेत उनले बताए ।

अपोलो अस्पताल सन् १९९६ बाट सञ्चालनमा आएको हो । अपोलो अस्पतालमा एसियन, अफ्रिकनलगायत मुलुकबाट उपचारका लागि बिरामी आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed