Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

बारा । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसंग मधेसमा मत माग्ने नैतिक धरातल नभएको टिप्पणी गर्नुभएको छ ।

चुनावी अभियानकाक्रममा बाराको कलैया पुग्नु भएका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले मधेस विरोधी अभिव्यक्ति दिँदै आएका कारण एमालेको मधेशमा जनाधार समाप्त भएको बताउनुभयो । ओलीकै कारण मधेसका जनता एमालेप्रति रुष्ट भएको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संसदको निर्वाचनअघि सरकार परिवर्तन असम्भव रहेको बताउँदै सोचेअनुसार चुनावी तालमेल हुन नसकेपनि राष्ट्रको आवश्यकताअनुसार कांग्रेससंगको गठबन्धन लामो समय कायम हुने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed