![]()
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेको छ ।
ब्युरोबाट खटिएको टोलीले विभिन्न मुलुकमा नेपाली नाबालकलाई ललाइफकाइ यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्युरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएको एक नाबालकसमेत मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो ।


