![]()
एजेन्सी । फेसबुकले आफना प्रयोगकर्ताहरुका लागि अब नयाँ रंगीन कमेन्टको व्यवस्था गर्ने तयारी गरेको छ । फेसबुक अहिले यस सम्बन्धी नयाँ फिचरको परीक्षण गरिरहेको छ । रंगीन पृष्ठभूमियुक्त स्टाटसजस्तै रंगीन पृष्ठभूमिवाला कमेन्ट समेत पोष्ट गर्ने प्रविधिमा फेसबुक लागेको छ ।
यस्तो फिचरमा प्रयोगकर्ताका कमेन्ट्स एक रंगीचंगी फोकाहरुको रुपमा देखिनेछन् । हालसम्म कमेन्ट्स सेतो पृष्ठभूमिमा मात्र लेख्न सकिन्छ । केही प्रयोगकर्ताहरुलाई भने फेसबुकले परीक्षणका लागि यस्तो रंगीन कमेन्ट गर्ने अवसर उपलब्ध गराएको छ । प्रयोगकर्ताले पृष्ठभूमिको रंग आफुले चाहे अनुसार बदलेर कमेन्ट लेख्न सक्दछन ।
फेसबुकले गत डिसेम्बरमा एन्ड्रोइड प्लाटर्फममा रंगीन पृष्ठभूमिवाला स्टाटस पोष्ट गर्न सकिने फिचरको सुरुवात गरेको थियो ।
परीक्षणमा रहेको रंगीन कमेन्ट्सवाला फिचरलाई फेसबुकले कुन कुन प्लाटर्फममा ल्याउनेछ भन्ने केही खुलाइएको छैन ।
यस्तै, फेसबुकका स्टोरी फिचर छिटै इन्स्टाग्रामसँगै मर्ज गर्ने काम पनि भैरहेको छ । अर्थात् जुन सामाग्री इन्स्टाग्राममा हालिन्छ, त्यसलाई फेसबुकमा समेत हाल्नसक्ने विकल्प उपलब्ध हुनेछ ।


