![]()
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको आज १०४औँ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाईदै छ । बीपीको सम्झनामा नेपाली कांग्रेस र उसका भातृ संगठनले मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन ।
नेपालको राजनीतिक विकासमा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । उहाँले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि राणा शासनविरुद्ध ठूलो संघर्ष गर्नुभएको थियो ।
२०१५ सालको आमनिर्वाचनमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि नेतृत्व गर्नुभएको थियो । कोइराला सफल साहित्यकार समेत हुनुहुथ्यो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका दोषी चश्मा, तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदी आइन, हिटलर र यहुदी लगायतका कृति चर्चामा छन् ।
बीपीको २०३९ साल साउन ६ गते निधन भएको थियो ।


