Breaking News.... EverestOnlineKhabar
June 5, 2026

निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह दिंदै

Loading

काठमाडौं । निर्वाचन आयोगले २ नम्वर प्रदेशमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्दैछ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी मनोनयनको आज अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशान पछि आजै निर्वाचन चिन्ह समेत प्रदान गरिने छ । २ नम्वर प्रदेशमा निर्वाचित हुने ६ हजार ६ सय २७ पदका लागि स्वतन्त्रसहित ३८ हजार ४८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १ महानगर, ३ उपमहानगर, ७३ नगर, ५९ गाउँपालिका र १ हजार २ सय ७१ वडामा ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । २ नम्वर प्रदेशमा २६ लाख ६४ हजार ५ सय ५० मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed