![]()
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका ७ स्थित थानाभञ्ज्याङमा बस दुर्घटनाहुँदा ७ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन । काठमाडौंबाट नुवाकोट गैरहेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस थानाभञ्ज्याङको घुम्तीमा दुर्घटनाग्रस्त भएको हो ।
बसमा ४० जना सवार रहेकोमा अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको संख्या अझै बढने अनुमान गरिएको छ ।
मृतकहरुको पहिचान खुल्न बाँकी छ ।


