Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौ,२३ भदौ ।
शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ शुक्रबार तोलामा ६ सय रुपैयाँ तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन शुक्रबार तोलाको ५७ हजार ८ सय रुपैयाँ तथा चाँदी ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार सुन तोलाको ५७ हजार २ सय तथा चाँदी ७ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।
समग्रमा यो हप्ता सुन तोलामा एक हजार तथा चाँदी १५ रुपैयाँ बढेको छ । हप्ताको पहिलो दिन ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलाको ५७ हजार ८ सय पुगेको हो ।
यस्तै आइतबार तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७ सय ९५ रुपैयाँ पुगेको छ । सुनमा लगानीकर्ता बढेकाले भाउ पनि महंगो हुँदै गएको महासंघले जनाएको छ । महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढ्दा भाउ पनि महंगो भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed