Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौं । काठमाडौं दरबारमार्गमा रहेका अधिकांश ब्राण्डेड पसल अनिश्चितकालका लागि बन्द भएका छन् । आपूर्तिमन्त्रीको नेतृत्वमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरी ९ वटा पसलमा शिलबन्दी गरेपछि व्यवसायीहरुले आक्रोशित हुँदै पसल बन्द गरेका हुन ।

सरकारले एकतर्फीरुपमा व्यवसायीलाई पेलेको भन्दै उनीहरु विरोधमा उत्रेका हुन् । दरबारमार्ग विकास बोर्डले अनुगमनको प्रक्रिया गलत भएको भन्दै सरकारी अनुगमन शैलीको विरोध गरेको छ । उनीहरुले आफूहरुमाथि न्याय नभएसम्म पसलहरु नखोल्ने चेतावनी दिएका छन ।

बोर्डका अध्यक्ष गोपाल कक्षपतिले व्यवसायी प्रतिष्ठाको ख्याल नगरी सरकारले गलत प्रक्रियाबाट अनुगमन गरेको आरोप लगाए । सरकारले आफैले गरेको शिलबन्दी आफै खोल्नुपर्ने उनले बताए ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने ग्राहक ठग्ने व्यवसायीहरु दोषी देखिए जेल जाने चेतावनी दिएका छन् ।
आपूर्ती मन्त्री नेतृत्वको टोलीले अनुगमन गर्दा सो क्षेत्रमा २६ सयको सामान २६ हजार रुपैयाँसम्म बिक्री गरेको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed