![]()
काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य सय दिनको काममा फेल भएको टिप्पणी गरेको छ ।
मेयरका उमेदवारद्वय किशोर थापा र रन्जु दर्शनाले संयुक्त पत्रकार सम्मेलन गरी शाक्यको कामले सर्वसाधारणमा वितृष्णा जागेको निष्कर्ष सुनाए । मेयरले आफूसहित जनप्रतिनिधिहरुलाईस्मार्ट फोन बाँड्नु र करोडौंको गाडी चढ्ने निर्णय गर्नु नै उनको असफलताको प्रस्थान बिन्दु भएको उनीहरुले बताए ।
पत्रकार सम्मेलनमा थापा र दर्शनाले भने, ‘ मेयर शाक्यको यही निर्णयले नगरवासीमा वितृष्ण पैदा भएको भयो, स्कूल बस, पानी ट्यांकर लगायतलाई चल्ने समय तोकेर जाम घटाउन सकिने भए पनि त्यो काम पनि भएन । ’
दर्शनाले भनिन, ‘सय दिनको काममा उहाँ फेल हुनुभयो, अब पुरक परीक्षामा पास हुने मौका छ । केही काम नगरे पनि १०१ कार्यक्रममा सम्मान र पदक वितरण कार्यक्रममा सहभागी हुनुभयो । ’
थापाले १०१ दिनमा खासै काम गर्न नसकिने भए पनि काठमाडौंबासीका अपेक्षा धेरै भएकाले केही न केही गर्नुपर्ने धारणा राखे ।


