Breaking News.... EverestOnlineKhabar
June 5, 2026

राफेल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा

Loading

एजेन्सी,२२ भदौ ।
शीर्ष वरियताका राफेल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाईनलमा रुसी खेलाडी आन्द्रे रुब्लेभलाई हराउँदै नाडाल सेमिफाईनलमा पुगेका हुन् । रुब्लेभ विरुद्धको खेल नाडालले ६–१, ६–२ र ६–२ को सोझो सेटमा जितेका हुन् ।
यो जितसँगै स्पेनिस टेनिस स्टार नाडालले स्विस खेलाडी रोजर फेडेररसँगको सम्भावित सेमिफाइनल भिडन्त तय गरेका छन् । क्वाटरफाईनलमा फेडेररले हुँवा मार्टिन डेल पोट्रोको सामना गर्दैछन् । उक्त खेल जितेको खण्डमा फेडेररको भिडन्त नाडालसँग हुनेछ । युएस ओपन टेनिसमा हालसम्म फेडेरर र नाडाल आमने सामने भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed