Breaking News.... EverestOnlineKhabar
June 5, 2026

विश्वकप छनौट खेलमा रेफ्रीको गलत निर्णयःरेफ्रीमाथि आजीवन प्रतिबन्ध, खेल फेरि हुने

Loading

एजेन्सी,२२ भदौ ।
दक्षिण अफ्रिका र सेनेगलबिचको विश्वकप फुटबल छनौट खेल फेरि हुने भएको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले विश्वकप फुटबल २०१८ का लागि भएको दक्षिण अफ्रिका र सेनेगलबिचको खेलका रेफ्रीमाथि आजीवन प्रतिबन्ध लगाएपछि यी दुई देशबिचको खेल फेरि हुने भएको हो । खेल प्रभावित पारेको आरोपमा फिफाले घानाका रेफ्री जोसेफ लाम्पटीमाथि आजीवन प्रतिबन्ध लगाएको हो ।
गएको नोभेम्बरमा भएको खेलमा रेफ्री लाम्पटीले दक्षिण अफ्रिकालाई पेनाल्टीको अवसर दिएका थिए । रेफ्रीले सेनेगलका डिफेन्डर कालिदो काउलिबालीले ह्याण्डबल गरेको भन्दै दक्षिण अफ्रिकालाई पेनाल्टी दिएका थिए । तर रिप्लेमा ह्याण्डबल नभई घुँडामा लागेको देखिएको थियो । यो खेलमा दक्षिण अफ्रिका २–१ ले विजयी भएको थियो । दिनु नपर्ने पेनाल्टी दिएको भन्दै फिफाले लाम्पटीमाथि प्रतिबन्ध लगाएको हो ।
यो खेलमा अब दक्षिण अफ्रिका र सेनेगलबिचको रिप्ले खेल आउँदो नोभेम्बरमा हुनेछ । अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह डी मा रहेका सेनेगल र दक्षिण अफ्रिका अहिले तेस्रो र चौथो स्थानमा छ । बुर्किना फासो पहिलो र केप वेर्डे आइल्याण्ड दोस्रो स्थानमा छ । समूहको शीर्ष स्थानमा रहने टिम मात्रै रुस विश्वकपका लागि छनौट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed