![]()
एजेन्सी,२२ भदौ ।
अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । यसमा नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने तथा उत्तर कोरियामाथि इन्धन प्रतिबन्ध पनि रहेको छ । उत्तर कोरियाले पछिल्लो पटक गरेको हाइड्रोजन बमसहितको परमाणु परीक्षणको प्रतिक्रिया स्वरुप अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेश गरेको हो ।
प्रस्तावमा उत्तर कोरियामा इन्धन पठाउन बन्द गर्ने तथा उत्तर कोरियाबाट कपडा निर्यात बन्द गर्ने उल्लेख छ । यस्तै नेता किमको सम्पत्ति फ्रिज गर्ने र उहाँलाई भ्रमण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने प्रस्ताव पनि गरिएको छ । अमेरिकाले प्रस्ताव गरेको नयाँ प्रतिबन्धलाई रुस र चीनले साथ दिनेमा भने शंका रहेको छ । दुवै देशले उत्तर कोरियमा तेल पठाउँदै आएका छन् ।
उत्तर कोरियाले गएको आइतबार बिहान गरेको परमाणु परीक्षणका कारण ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । यो परमाणु बम अहिलेसम्मकै शक्तिशाली रहेको विश्लेषण गरिएको ।


