Breaking News.... EverestOnlineKhabar
June 5, 2026

चीन र पाकिस्तानसँग एकै पटक युद्ध हुनसक्ने भन्दै यसरी डराए भारतीय सेना प्रमुख

Loading

नयाँदिल्ली,२२ भदौ ।
भारतीय सेना प्रमुख विपिन रावतले चीन र पाकिस्तानसँग एकैपटक युद्ध हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । दुबै मुलुकसँग एकै पटक युद्ध झेल्नु परे भारत नराम्ररी पराजित हुने उनको डर छ । रावतले बुधबार एक सेमिनारमा चीन र पाकिस्तानले एकै पटक भारतसँग युद्ध गर्न सक्ने सम्भावना औंल्याएका हुन् । उनले भनेः‘हामीले दुबै मोर्चासँग युद्धको तयारीलाई ध्यान दिनु पर्दछ ।’
उनले सीमा क्षेत्रमा चीनले भारतको शक्ति परीक्षण गरिरहेको बताए । उनले भनेः‘कुनै पनि बेला चीनले सीमा क्षेत्रमा युद्ध सुरु गर्ने सम्भावनालाई नकार्न सकिदैंन ।’ चीनले हमला गरेको अवस्थामा पाकिस्तानले पनि मौकाको फाइदा उठाउन सक्ने उनको बुझाइ छ ।
चीनले सीमा क्षेत्रमा आक्रामकता देखाउन थालेको भन्दै उनले कुनै पनि समय चीनले युद्ध गर्न सक्ने बताए । भारतको परमाणु क्षमताले युद्धको सम्भावनालाई केही कम गरे पनि त्यसले युद्धलाई सदाका लागि टार्न सक्छ भन्नु गलत हुने टिप्पणी गरे ।
हालै भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको द्वन्द्व अन्त्य भएको छ । तत्कालका लागि द्वन्द्व अन्त्य भए पनि यसले कुनै पनि बेला फेरि नयाँ विवाद निम्त्याउन सक्ने भारतीय सेना प्रमुख रावतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed