Breaking News.... EverestOnlineKhabar
June 4, 2026

उम्मेदवार चयनको विषयलाई लिएर पर्सामा एमाले भित्र खैलाबैला, सांसद नै धर्नामा

Loading

पर्सा । तराई मधेशमा बहुमत हासिल गर्ने दावी गरिरहेको नेकपा एमाले भित्र उम्मेदवार चयनलाई लिएर तीव्र विवाद देखिएको छ । अशोज २ गते प्रदेश नम्बर २ मा हुन गैरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवार चयनको विषयमा केही ठाउँमा विवाद उत्कर्षमा पुगेको छ ।

पर्सामा उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै एमालेबाट सांसद बनेका विचारी यादव नै धर्नामा बसेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नं. २० मा रामकिशोर परागलाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै उनी धर्नामा बसेका हुन । पर्सा २ का सांसद विचारी रामगढ्बास्थित पार्टी कार्यालय अगाडि धर्नामा छन ।

वडा कमिटीको सिफारिस र सांसदको सल्लाह नमानी शत्रुधन शुक्लालाई उम्मेदवार बनाएकोमा उनले आपत्ती जनाएका छन । यादव धर्ना बस्नेक्रममा केहीबेर कार्यालयमा तनाव समेत भएको थियो ।

पर्सागढी नगरपालिका, बहुदरामाइ र बिन्ध्यबासनी गाउँपालिका लगायतका स्थानमा पनि विवाद देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed