Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बेल्जियम विश्वकपमा छनोट हुने पहिलो युरोपियन टोली

Loading

काठमाडौ । बेल्जियम सन् २०१८ मा रुसमा हुने विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा  ग्रिसलाई २ – ० ले पराजित गर्दै बेल्जियम विश्वकपमा छनोट भएको हो ।

ग्रीसमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन जान भेर्टोनघेन र रोमेरो लुकाकुले समान एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बेल्जियमले दुवै गोल दोस्रो हाफमा गरेको थियो  । खेलको ७० औं मिनेटमा भेर्टोनघेनको गोलबाट बेल्जीयमले गोलको खाता खोलेको थियो  । त्यसको चार मिनेटपछि लुकाकुले गोल गर्दै बेल्जियमलाई २ – ० को जित दिलाए ।

यो जितपछि समूह एच को बेल्जियमले ८ खेलबाट २२ अंक जोडेको छ । र , बेल्जियम लिगको शिर्ष स्थानमा रहदै विश्वकप यात्रा तय गरेको छ । योसँगै बेल्जियम विश्वकप छनोट हुने पहिलो युरोपियन राष्ट्र बनेको छ । अहिलेसम्म विश्वकपमा बेल्जियमसहित ब्राजिल,मेक्सिको, इरान र जापानले स्थान पक्का गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed