![]()
कैलाली । गत साउन २७ गतेबाट काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले सोमबारबाट फेरि थप एक उडान शुरु गरेको छ ।
श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक अब दैनिक ६ वटा उडान भएका छन् । उक्त एयरलायन्सको पहिलो उडान काठमाडौँबाट बिहान ९ः५५ उडेर १०ः५० मा धनगढी पुग्ने रहेको छ । दोस्रो उडान दिउँसो २ः०० बजे रहेको छ । दशैँका बेला यात्रुको सुबिधाका लागि पनि दैनिक दुई उडान गरिएको हो ।
यसअघि धनगढी विमानस्थलबाट नेपाल एयरलायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरलायन्सले दुई, सौर्य एयरलायन्सले एक र श्री एयरले थप एक गरी जम्मा दैनिक ६ वटा उडान हुने भएका छन् ।
विमानस्थलमा दुईवटा जहाजका लागि मात्र पार्किङ र नयाँ रिपिटर पावर भए पनि हाल भने दैनिक उडान थपिन थालेपछि आवश्यक पूर्वाधारको अभाव हुने देखिएको छ ।


