![]()
चितवन । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई महिनापछि एमालेको सरकार बन्ने दावी गर्नुभएको छ ।
प्रेस चौतरी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनका बोल्दै अध्यक्ष ओलीले प्रदेश नम्बर दुईमा पनि एमाले पहिलो पार्टी बन्ने र त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो ।
एमालेले सरकारको नेतृत्व लिएपछि मुलुक तीव्र रुपमा आर्थिक विकासको गतिमा अघि बढ्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले संसदबाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर संसदको निर्णय फेरि सच्याउँछु भन्नु हास्यास्पद भएको टिप्पणी समेत गर्नुभयो । भारतमा संसदको निर्णय बिपरित बोल्ने प्रधानमन्त्रीले पदबाट बस्न नै लाज मान्नुपर्ने उहाँले बताउनुभयो ।
ओलीले राज्यको अधिकार प्रयोग गरेर सरकारले भ्रष्टाचार गरेको समेत आरोप लगाउनुभयो । नेपाल आयल निगमले जग्गा खरिदमा ठूलो भ्रष्टाचार गरेको थाहा हुँदाहुँदै पनि राजनीतिक दल मौन बस्नु भ्रष्टाचारको चरम नमूना भएको उहाँले बताउनुभयो ।


