![]()
बिबिसि । उत्तर कोरियाले हालै निर्मित अत्यधुनिक परमाणु हतियार हाइड्रोजन बम परीक्षण गरेपछि त्यहाँ ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । उत्तर कोरियाले बम परीक्षण गरेर भुँइचालो गएको जापानले समेत पुष्टि गरेको छ ।
बम परीक्षण गर्नु केही घण्टा अघिमात्र उत्तर कोरियाली नेता किम जोंगले परमाणु बमसँगको तस्बिर जारी गरेका थिए । उत्तर कोरियाको सरकारी संचार माध्यमले बममा मिसाइलमा राख्न सकिने जनाएको छ ।
उत्तर कोरियाको यो दाबीलाई स्वतन्त्र रुपमा पुष्टि गर्न भने बाँकी रहेको बिबिसिले जनाएकोछ ।
दक्षिण कोरिया र जापानले यो घटनापछि तुरुन्त राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर उत्तर कोरियामाथि कारवाही अघि बढाउन माग गरेका छन । उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धलाई नजरअन्दाज गरेर आफ्नो परमाणु र मिसाइल कार्यक्रम जारी राखेको छ ।


