Breaking News.... EverestOnlineKhabar
June 4, 2026

नेबिसंघल गर्यो महोत्तरीको मुसहर बस्तीमा राहत बितरण

Loading

महोत्तरी । नेपाल विद्यार्थी संघले बाढी र डुबान प्रभावित महोत्तरीको मुसहर बस्तीमा राहत तथा शैक्षिक सामग्री वितरण गरेको छ । अध्यक्ष नैनसिंह महर र उपाध्यक्ष पुष्प शाही नेतृत्वको टोलीले मुुसहर समुदायका करिब एक सयभन्दा बाढी पीडित परिवारलाई राहत सामग्री र शैक्षिक सामग्री बितरण गरेको हो ।

अध्यक्ष महरका अनुसार चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री वितरण गरिएको छ । बस्तीका १२० भन्दा बढी विद्यार्थीका लागि पाठ्यसामग्री वितरण गरिएको उपाध्यक्ष शाहीले जानकारी दिनुभयो ।

यो अभियानले दश हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अध्यक्ष महरको भनाई छ । तराईका ३१ जिल्लाको १ हजारभन्दा बढी विद्यालयका विद्यार्थी र तिनका अभिभावकलाई खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामाग्रीलगायतका सामग्री दाता र नेविसंघका स्वयम्सेवकबाट संकलन गरी वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed