![]()
काठमाडौं । यही भदौ २० गते हुन लागेको एएफसी एसियन कप क्वालिफायर्समा ताजिकिस्तानविरुद्धको खेलका लागि नेपालको टोली घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक योतुकु कोजीले टोलीको घोषणा गरेका हुन । टोलीमा डिफेन्डर आदित्य चौधरीले कमब्याक गरेका छन् । २३ सदस्यीय टोलीमा नेपाल आर्मीका खेलाडी जर्ज प्रिन्स कार्की नयाँ अनुहार रहेका छन् ।
यस्तो छ टोली :
गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथु
डिफेन्डर : विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ
मिडफिल्डर : सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर, सुजल श्रेष्ठ
फरवार्ड : विमल घर्ती मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास


