![]()
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनलाई चुनावमा हराउन एमाले एक्लै काफी रहेको बताउनु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित २ नम्बर प्रदेशका अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दैै ओलीले चुनाव लडन कांग्रेस र माओवादीलाई एक अर्काको बैशाखी चाहिएपनि एमालेलाइ आवश्यक नभएको टिप्पणी गर्नुभयो । उहाँले दुवै पार्टी कमजोर भएकाले बैशाखीको साहारामा हिंडिरहेको भन्दै कटाक्षा गर्नुभयो ।
अध्यक्ष ओलीले कांग्रेस माओवादी मिलेपनि एमाले हात्ती भएको तर्क गर्दै भन्नुभयो ‘हात्ती दुब्लाएर बाख्रो हुँदैन, एमाले त्यस्तै हो ’ ।
भेलामा ओलीले दुई नम्बर प्रदेशमा एमाले पहिलो बन्ने दाबी गर्दै चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
भेलामा नेताहरु माधव नेपाल, ईश्वर पोखरेल, विष्णु पौडेललगायतको उपस्थिति थियो ।


