Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

बिबिसि । भारतको बिहार राज्यका एक जना मन्त्रीले हालै देशमा आएका बाढीका लागि मुसा जिम्मेवार रहेको बताएका छन् । जलश्रोत मन्त्री राजीव रञ्जनले तटबन्ध नजिक बसोबास गरिरहेका मानिसले भण्डारण गरेका अन्नतर्फ मुसा आकर्षित भएको बताए । उनले तटबन्धहरुमा मुसाले प्वाल पारेर कमजोर बनाएको र मुसाले पारेको प्वालबाटै बाढी गाउँमा पसेको धारणा राखे ।

हालैको बाढीका कारण भारतमा ५०० भन्दा बढीको मृत्यु भएको थियो भने १२ लाख मानिस विस्थापित भएका थिए ।

अभियानकर्ताहरुले चाहिँ सरकारले सडक र अन्य पूर्वाधार निर्माण गर्दा पानीको निकासलाई बेवास्ता गरेको आरोप लगाएका छन् । यसै वर्षको सुरुमा बिहारका अधिकारीहरुले सरकारले जफत गरेका लाखौं लिटर रक्सी मुसाले सेवन गरेको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed