![]()
बिबिसि । विश्वकप फुटबलको युरोपेली छनौट अन्र्तगत जर्मनी, इङल्याण्ड, नर्वे, डेनमार्क र रोमानिया विजयी भएका छन् । समूह सी अन्र्तगतको खेलमा जर्मनीले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराउँदै समूहको शीर्ष स्थान कायमै राखेको छ ।
समूह ई अन्र्तगत भने डेनमार्कले पोल्याण्डमाथि ४–० को फराकिलो जित हात पार्दा काजकिस्तान मोन्टेनिग्रोसंग ३–० ले स्तब्ध बन्यो । सोहि समूहको अर्को खेलमा रोमानियाले अर्मेनियालाई १–० ले पराजित गर्यो । समूह ई मा पोल्याण्ड शीर्ष स्थानमा रहँदा मोन्टेनिग्रो दोस्रो र डेनमार्क तेस्रो स्थानमा छन् ।
समूह एफ अन्र्तगत भने ईङल्याण्डले माल्टामाथि ४–० को शानदार जीत निकाल्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इङल्याण्डले आक्रामक बन्दै ४ गोल गरेको थियो ।
अन्य खेलमा लिथुनिया स्कटल्याण्डसंग ३–० ले तथा स्लोभानिया स्लोभाकियासंग १–० ले पराजित भए । समूह एफमा इङल्याण्ड शीर्ष स्थानमा छ । स्लोभाकिया दोस्रो र स्कटल्याण्ड तेस्रो स्थानमा छन् ।


