Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

पर्सा । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक वीरगञ्जमा आजबाट सुरु भएको छ । होटल भिस्वामा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्णबहादुर महरा, जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, प्रभु साह, रामकुमार शर्मा, हितमान शाक्यलगायतका नेताहरु सहभागी छन ।

असोज दुई गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयन र आवश्यक रणनीति बनाउने विषयमा बैठकमा छलफल भैरहेको छ ।

बैठकमा प्रदेश नम्बर २ को चुनावमा अन्य दलहरुसंग गर्ने तालमेल, उपयुक्त उम्मेदवारको छनौट, प्रचारप्रसार लगायतका विषयमा छलफल भैरहेको नेता बर्षमान पुनले जानकारी दिनुभयो ।

बैठकमा सहभागी हुन पुग्नु भएका पूर्वप्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भव्य स्वागत गरिएको थियो । पर्सा जिल्लाका माओवादी नेता एवम कार्यकर्ताले अध्यक्ष प्रचण्डको पक्षमा नाराबाजी गर्नुकासाथै उनको जयजयकार गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed