Breaking News.... EverestOnlineKhabar
June 19, 2026

फेसबुकले किशोरकिशोरीलाई अनलाइन सुरक्षाबारे तालिम दिंदै

Loading

काठमाडौं । फेसबुकले शनिबार किशोरकिशोरीलाई अनलाइन सुरक्षाबारे तालिम दिंदै छ । काठमाडौंको राष्ट्रिय सभागृहमा हुन लागेको एक दिने ‘नेट फर गुड’ मेलामा फेसबुकले यो तालिम सञ्चालन गर्दैछ ।

फेसबुकको प्राइभेसी, सदुपयोग, फेक प्रोफाइलको पहिचान, कुनै समस्या परेमा फेसबुकले गर्ने सहयोग लगायतका विषयमा किशोरकिशोरीलाई तालिम दिइने छ । १३ वर्षदेखि १९ वर्षसम्मका किशोरकिशोरीका लागि लक्षित यो तालिममा प्रवेश निःशुल्क छ ।
नेपाल दूरसञ्चार प्राधिकरण, युनिसेफलगायत विभिन्न १५ वटा संघसंस्थाको संयुक्त आयोजनामा मेला संचालित छ । मेलामा प्रमुख आकर्षण फेसबुकको तालिम हुने अपेक्षा गरिएको छ ।

मेलामा सहभागीले अनलाइनको माध्यमबाट गेमहरु बनाउन पनि सिक्नेछन् । मेलामा अनलाइन सुरक्षाका विषयमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमबाहेक चार वटा प्यानल छलफल पनि हुँदैछ । पहिलो प्यानल छलफलमा नेपालमा प्रविधि र इन्टरनेटको सकारात्मक प्रयोग कसरी भइरहेको छ भनेर फेसबुकका प्रतिनिधिसहित प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालीहरु रहनेछन् । दोस्रो सत्रमा किशोरकिशोरीको इन्टरनेट अनुभवबारे उनीहरुले नै प्यानल छलफल चलाउनेछन् । तेस्रो सत्रमा अनलाइन सुरक्षामा नेपालको नीति के कस्तो छ, केही समस्या परेमा समाधानका लागि के गर्ने भन्ने विषयमा दूरसञ्चार प्राधिकरण, नेपाल प्रहरी, कानूनविद्लगायतले छलफल गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed