![]()
चितवन । चितवनमा ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भेटिएको जनाएको हो ।
जिल्लामा फ्लु ए देखिएपछि ३८० जनाको नमूना थप परीक्षणका लागि काठमाडौँमा पठाइएकोमा ३०९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण भएकामध्ये २५३ जना चितवनकै बासिन्दा रहेका छन । अन्य बिरामी तनहुँ, धादिङ, नवलपरासी जिल्लाबाट आएकाहरु भएको अस्पतालले जनाएको छ ।
स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण देखिने गर्दछन ।
जिल्लामा डेंगु रोगको संक्रमण समेत बढेको पाइएको छ ।
जिल्लामा डेढ महिनाको अन्तरालमा चारजनामा डेंगु देखिएको अस्पतालले जनाएको छ । कामको सिलसिलामा भारत पुगेका एक व्यक्ति ज्वरो आएर फर्किएपछि उनलाई परीक्षण गर्दा सुरुमा डेंगु देखिएको हो । साउनदेखि भदौ १५ सम्म जिल्लामा ३२४ जनाको परीक्षणका क्रममा चारजनामा डेंगु पुष्टि भएको अस्पतालले जनाएको छ ।
एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सर्ने गर्दछ ।


