![]()
काठमाडौं । भारतका पाँचजना मन्त्रीले राजिनामा दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेपछि उनीहरुको राजिनामा आएको हो ।
राजिनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यमसम्बन्धी मन्त्री गिरीराज सिंह रहेका छन ।
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले बिहीबार वित्तमन्त्री अरुण जेटलीसँग भेटवार्ता गरेका थिए । भेटमा बर्तमान मन्त्रिमण्डल पुनर्गठनको कुरा उठेको थियो । भेटवार्तापछि ती पाँचजना मन्त्रीले राजिनामा दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन ।
प्रधानमन्त्री मोदीले शनिबार वर्तमान मन्त्रिमण्डल पुनर्गठन गर्ने अनुमान गरिएको छ । मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुलाई स्थान दिने बताइएको छ ।


