![]()
बिबिसि । अमेरिकी सरकारले आफनो मुलुकमा रहेका रुसी बाणिज्य दुतावास बन्द गर्न निर्देशन दिएको छ । सान फ्रान्सिस्कोस्थित वाणिज्य दुतावास र अन्य दुईवटा कार्यालय बन्द गर्न अमेरिकी गृहमन्त्रालयले निर्देशन दिएको हो बिबिसिले उल्लेख गरेको छ ।
रुसको अनुचित कारबाहीको जवाफ स्वरुप न्युयोर्क र वासिंगटनमा रहेका उप–कार्यालय बन्द गर्न भनिएको अमेरिकी गृहमन्त्रालयले जनाएको छ । गत महिना रुसले आफ्नो देशमा रहेका अमेरिकी कुटनितिज्ञको संख्यामा कटौती गरेको थियो ।
यसअघि पूर्व–राष्ट्रपति बाराक ओबामा प्रशासनले ३५ जना रुसी कुटनितिज्ञलाई राष्ट्रपति चुनावमा चलखेल गरेको भन्दै देश छाड्न आदेश दिएको थियो ।


