![]()
रौतहट । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।
अशोज २ गते प्रदेश नम्बर २ मा हुन गैरहेको स्थानीय तह निर्वाचनको प्रचारप्रसारकाक्रममा रौतहट पुग्नु भएका अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचनमा एमाले बाहेकका दलहरुसंग गठबन्धन हुने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले दुइ नम्बर प्रदेशमा कांग्रेस, राजपालगायतका पार्टीसँग गठबन्धन गर्न आफू इच्छुक रहेको धारणा राख्नुभयो । उहाँले आफू र आफ्नो पार्टीले मधेस र मधेसी जनताका लागि धेरै योगदान दिएका कारण मधेसका जनताले आफूहरुलाई स्वागत गरिरहेको अनुभव सुनाउनुभयो ।
तराई मधेशमा आफनो पार्टी पहिलो हुने उहाँको दावी छ ।


