Breaking News.... EverestOnlineKhabar
April 19, 2026

बलिउडका धेरै कमाउने टप टेन कलाकार यस्ता छन

Loading

एजेन्सी । फोब्स म्यागजिनले बलिउडमा सबैभन्दा धेरै कमाउने १० कलाकारको सूची सार्वजनिक गरेको छ । विश्वमै धेरै कमाउनेको सूचीमा रहेका शाहरुख खान, सलमान खान र अक्षयकुमारले बलिउडमा शीर्ष स्थान जमाएका छन ।
२०१६ को जुन १ देखि २०१७ को जुन १ सम्म उनीहरुले गरेको आम्दानीका आधारमा फोब्र्सले सूची सार्वजनिक गरेको हो ।
१. शाहरुख खान
शाहरुख खानको ३ करोड ८० लाख अमेरिकी डलर अर्थात् २ सय ४३ करोड भारतीय रुपैयाँ आम्दानी छ । उनी आम्दानी गर्ने पहिलो स्थानमा छन ।

२. सलमान खान
सलमान खान ३ करोड ७० लाख अर्थात् २ सय ३६ करोडसहित बढी कमाइ गर्ने दोस्रो स्थानमा छन । रियालिटी टेलिभिजन सो बिग बोसबाट उनले राम्रो आम्दानी गरेका छन ।

३. अक्षय कुमार
सन् २०१६ अक्षय कुमारले ३ करोड ५५ लाख डलर अर्थात् २ सय २४ करोड रुपैयाँ कमाए । उनका जोली एलएलबी, हाउसफुल थ्री र रुस्तम सफल फिल्म थिए ।

४. आमिर खान
आमिर खानले बलिउडमा आफूलाई बलियो रुपमा स्थापित गरे तर पनि शाहरुख, सलमान र अक्षयलाई जित्न सकेनन् । आमिर खानले १ करोड २५ लाख डलर अर्थात् ८० करोड भारु कमाए ।

५. हृतीक रोशन
एक करोड १५ लाख डलर अर्थात् ७३ करोड ६० लाख रुपैयाँसहित हृतीक रोशन पाँचौ स्थानमा छन ।

६. दीपिका पादुकोण
१ करोड १० लाख अर्थात् ७० करोड भारुसहित दीपिका पदुकोण बलिउडको छैटौं सूचीमा छिन ।

७. रणवीर सिंह
रणवीर कपुरले एक वर्षमा एक करोड डलर अर्थात् ६४ करोड आम्दानी गरेका छन ।

८. प्रियङ्का चोपडा
हलिउड एक्सपोजर धेरै मिले पनि प्रियङ्का चोपडा कमाउने सूचीमा भने सातौं स्थानमा छिन । उनले १ करोड डलर कमइ गरेकी छिन ।

९. अमिताभ बच्चन
अमिताभ बच्चनले एक वर्षमा ९० लाख डलर अर्थात् ५७ करोड रुपैयाँ आम्दानी गरेका छन ।

१०. रणवीर कपुर
रणवीर कपुर सूचीको अन्तिममा छन् । उनले यो वर्ष ८५ लाख डलर अर्थात् ५४ करोड आम्दानी गरका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed